पुस २७ गते विदुर नगरपालिकामा सार्वजनिक बिदा

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते नगरपालिका भर सार्वजनिक बिदा दिएको छ ।

पुस २७ गते पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । बिदाको दिन विदुर नगरपालिका सहित सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य सँस्था, सामुदायिक विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय यही पुस १७ गते नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार बिदाको सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

No photo description available.

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई अघिल्ला वर्षको भन्दा भव्य रुपमा मनाउनको लागी आवश्यक पूर्व तयारी मिलाउनको लागी केही दिन अघि नै निर्णय गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

विशाल नेपाल एकीकरणको योजनाकार श्री५ बडामहाराज धिराजको रुपमा सम्मानित पूर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा दिइने बिदा नेपालमा गणतन्त्र स्थापना भएसगैँ कटौती गरिएकाले विदुर नगरपालिकाले उहाँको योगदानको सम्मानको लागी बिदा दिएर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई विशेष कार्यक्रमको बीच मनाउने निर्णय गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

No photo description available.

संघीय र प्रदेस सरकारले बिदा नदिएपनि नुवाकोटमा भने पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको साततले दरबार क्षेत्र, उहाँको देहवासन भएको स्थान देवीघाट र पृथ्वी स्मारक क्षेत्रमा विशेष कार्यक्रम गरेर श्री५बडामहाराज धिराज पृथ्वीनारायण शाहले पुराउनुभएको योगदान, उहाँले दिनुभएको दिव्यउपदेश सहित टुक्रा–टुक्रामा विभाजन भएको नेपाललाई विशाल नेपाल निर्माण गर्न सानो उमेर र छोटो अवधिमै प्राप्त गरेको सफलताको चर्चा गर्दै विशेष रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटको विदुर नगरपालिकाले मनाउन लगाएको हो ।

 

प्रतिक्रिया

TOP