त्रिशूली । नुवाकोटमा रहेको श्री १ नंं सैन्य तालिम केन्द्रमा सञ्चालन भएको ७७औँ सैन्य आधार तालिमको समापन भएको छ ।
गएको वर्षको फागुन २५ गतेबाट सुरू भएको ७७औ सैन्य आधार तालिमको हिजो बुधबार अन्तिम दलेल कवाजको सलामी ग्रहण तथा बलाधिकृत रथी सरोज प्रताप राणाले निरीक्षण गरी उनीहरुलाई सैन्यबाट सिपाही पदसम्मान प्रदान गरिएको छ ।
समापन समारोहमा सम्बोधन गर्दै नेपाली सेनाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नै पहिचान स्थापित रहेको स्मरण गराउदै सधै इमानदार, अनुशासित भएर कर्तव्य पूरा गर्न रथी सरोज प्रताप राणाले सुझाव सहितको निर्देशन दिनुभएको छ । देशले मागेको खण्डमा सदैब राष्ट्रको लागी बफादार भएर जिम्मेवारी बहन गर्न पदोन्नती भएको सिपाही सहित सम्पूर्ण नेपाली सेनालाई उहाँले स्मरण गराउनुभएको छ ।
नौ महिनासम्म सञ्चालित तालीममा ५४६ जना पुरूष र १११ जना महिला सहित ६५७ जना सैन्य– सिपाही भएसगैँ उनीहरु औपचारिक रुपमा देशको सेवाको लागी जिम्मेवारी सहित खटिएको श्री नं. १ तालीम केन्द्रका प्रमुख (प्रमुख सेनानी) सुनिल घिमिरेले जानकारी दिनुभएको छ ।
तालिम अवधिमा भएको विभिन्न सैद्धान्तिक र व्यवाहारिक प्रतियोगिताको विश्लेषणको आधारमा महिला तर्फका उत्कृष्ट बबिता नेपाली र पुरूष तर्फ खडग बासलाई बलाधिकृत रथी सरोज प्रताप राणाले सम्मान गर्नुभयो ।


15.19¡ÆC