मनाङ आहा रारा गोल्ड कपबाट बाहिरियो

पुस १९, २०७९ मा प्रकाशित | 410 views

कास्की । आहा रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाकाे भुटानी युथ स्पाेर्ट्स क्लब (बीवाईएससी) सेमिफाइलनमा प्रवेश गरेको छ ।

छ पटकको आहा राराको विजेता मनाङ मर्स्याङ्दीलाई बीवाईएससीले एक–शून्य गाेलले हरायाे । आमन्त्रित पाहुना टोलीले प्रतियाेगितामा सुखद सुरुवात गर्दा गोल्ड कपको इतिहास बोकेको मनाङ बाहिरियो ।

पाहुना टोलीका लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकी टोली सेमिफाइनलमा पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाइज युनाइटेडसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

२२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको पहिलाे सेमिफाइनल खेल भाेलि बुधवार सशस्त्र प्रहरीकाे एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने छ । एपीएफ र सङ्कटा दुवै एक/एक पटकको आहा रारा गोल्ड कपका च्याम्पियन हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web