लोकप्रीय सहकारीको साधारण सभा सम्पन्न

पुस १६, २०७९ मा प्रकाशित | 451 views

बट्टार । सहकारीले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा संघीय सांसद विमला सुवेदीले बताउनुभएको छ ।

नुवाकोटको बट्टारमा हिजो शुक्रबार आयोजित लोकप्रीय उपभोक्ता सहकारीको दशौ वार्षिक साधारण सभा तथा चौथो अधिवेसणलाई सम्बोधन गर्ने क्रममा सहकारीले देशको अर्थतन्त्रमा समृद्घिको अवस्था सिर्जना गरेको सांसद सुवेदिले बताउनुभएको हो ।

राज्यको तीन खम्बे अर्थनीति मध्ये एक खम्बाका रूपमा सहकारी क्षेत्रलाई लिएको बताउदै तल्लो तहसम्म नागरीकलाई प्रत्यक्ष राहत पुराउने माध्यम पनि सहकारी भएको उहाँले बताउनुभएको छ । संघीय सांसद बिमला सुवेदिले गाँउटोल हुदै प्रत्येक व्यक्तिलाई सहकारीको सदस्य बनाउन आवश्यक रहेको बताउदै सहकारीको विकास र बृद्धिको लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।

सहकारीको दुई करोड ५७ लाख कुल शेयर पुजी रहेको छ भने एक करोड ६ लाख लगानी रहेको छ । सोहीबाट सात लाख ३ हजार नाफा भएको सहकारी नयाँ कार्यसमिति चयन अघिको अध्यक्ष केशवबहादुर कुमालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीमा शेयर सदस्यमा महिला ५२८ र पुरुष ४३६ जना गरेर कुल ९६४ जना शेयर सदस्य रहेका छन् । सहकारीले कृषि तथा उत्पादन मुलक क्षेत्रलाई प्राथमिकताको साथ ऋण प्रवाह गरेको र महिला लक्षित सीपमुलक तालिमहरु समेत प्रदान गर्दै आएको सहकारीका अध्यक्ष केशब कुमालले जानकारी दिनुभएको छ ।

लोकप्रिय सहकारी सँस्थाको वार्षिक साधारण सभाको अवसरमा सहकारीका शेयर सदस्यहरुको परीवारबाट २०७८ सालमा सञ्चालित माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट अकं ल्याउने, सहकारीका उत्कृष्ठ बचत कर्ता, असल ऋणि र सहकारीका जेष्ठ सदस्यलाई नगद सहित सम्मान गरेको थियो ।

यसैबीच, अधिवेशन मार्फत चन्द्रबहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमति गठन गरिएको छ । उपाध्यक्षमा दिपेन्द्र सापकोटा, सचिवमा ईश्वर पुडासैनी, कोषाध्यक्ष रामहरी घिमिरे सहितको नयाँ कार्यसमिति चयन गरिरएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web