भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी पैसा दिने

पुस १४, २०७९ मा प्रकाशित | 485 views

त्रिशूली । पशुपन्छी पालनको विकास, विस्तार र व्यवसायीकरणको लागि भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी नगद दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिदै आएको केन्द्रले यो वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निर्ब्याजी रकम उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पशुपन्छी पालन गर्ने किसानको व्यवसायिक योजना (बिजनेस प्लान)को आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा दश लाख रुपैयाँ उपलब्ध गराउने गरेर ‘बीउ पुँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको हो । बीउ पुँजी कोष मार्फत किसानले पेश गरेको व्यवसायिक योजनाको आधारमा तीन किस्तामा निर्ब्याजी रकम प्राप्त गर्न सक्ने कार्यविधिमा भनिएको छ ।

किसानले अनुदान लिन पशुपन्छी पालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुवातमा दश प्रतिशत, काम सुरु तथा विस्तारपछि चालिस प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेश्रो किस्ता बापत पचास प्रतिशत रकम पाउने कार्यविधिमा भनिएको छ । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटको प्रमुख भरत पाण्डेको अनुसार किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतको दरले पाच वर्षमा उक्त निव्र्याजी रकम फिर्ता गरिसक्नुपर्ने भनिएको छ ।

No description available.

किसानले लिएको तोकिए अनुसार किस्ता नबुझाएमा किसानले जुन फार्म देखाएरनिर्ब्याजी पैसा लिएको छ त्यस फार्ममा सरकारले हस्तक्षेप गर्नसक्ने कार्यविधिमा उल्लेख गरिएको छ । नुवाकोटका किसानलाई निव्र्यजी उपलब्ध गराउन ‘बीउ पुँजी परिचालन कोष’मा अहिले एक करोड पचास लाख रुपैयाँ रहेको छ । अपुग रकम बागमती प्रदेसको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराउने जनाएको छ ।

प्रदेस कृषि मन्त्रालयले प्रदेसभित्रका तेह्र जिल्लाका पशुपन्छीपालक किसान तथा कृषि फर्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित भएर दिदै आएको अनुदान कटौती गर्दै चालु आर्थिक वर्षदेखि किसानलाई निव्र्यजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपन्छीजन्य उत्पादनको वृद्धि विविधिकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने लक्ष्य राखिएको केन्द्र प्रमुख भरत पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web