बाग्मती प्रदेशमा ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथ ग्रहण

पुस १३, २०७९ मा प्रकाशित | 687 views

मकवानपुर । बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे छ । बाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माबाट ढुंगानाले शपथ ग्रहण गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम बाग्मती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।

७२ वर्षीय ढुंगानाले बाग्मती प्रदेश सभाले सभामुख चयन नगरेसम्माक लागि प्रदेश सभाको अध्यक्षता ग्रहण गर्नुहुने छ । ढुङ्गानाकाे जन्म २००६ असोज २ गते भएकाे थियाे । उहाँ प्रदेश सभामा नुवाकोट क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएकाे छ ।

ढुंगानाले बाँकी सांसदलाई भाेलि बिहीवार शपथ ग्रहण गराएर आउँदाे संसद् अधिवेशनको सुरु गराउनु हुने छ । शपथ ग्रहण कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, प्रदेशका मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदलगायतको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web