गेर्खु–सेतिदेवी उपशाखाको सभापतिमा पुनः न्यौपाने, सचिवमा प्याकुरेल

पुस ९, २०७९ मा प्रकाशित | 576 views

त्रिशूली । नेपाल रेडक्रस सोसाइटी गेर्खु–सेतिदेवी उपशाखाको प्रथम अधिबेशनले पुनः सभापतिमा घनश्याम न्यौपाने (जनार्दन)लाई चयन गरेको छ ।
शनिबार भएको पहिलो अधिवेशनले यसअघि उपशाखाको स्थापनाको समयमा गठन भएको तदर्थ समितिको सभापति रहनुभएका जनार्दन न्यौपानेलाई पुनः सभापति चयन गरेको हो ।
अधिवेसन मार्फत उपशाखाको उपसभापतिमा शोभा तामाङ, सचिवमा निराजन प्याकुरेल, सहसचिव मदनकुमार न्यौपाने, कोषाध्यक्ष विष्णु शर्मा तिम्सिना र उपकोषाध्यक्ष जनककुमार तिम्सिना रहनुभएको छ ।
यस्तै, सदस्यहरुमा भगवती नेपाल, विष्णुबहादुर तामाङ, रंगप्रसाद नेपाल, कृष्णप्रसाद न्यौपाने र सन्तोष वर्देवा रहनुभएको छ । विदुर नगरपालिकाको वडा नं .१० र ११ लाई भूगोल बनाएर गएको वर्ष स्थापना भएको गेर्खु–सेतिदेवी उपशाखालाई रेडक्रसको सिद्धान्त अनुसार सामाजिक सेवाको भावमा खट्नको लागी रेडक्रस बागमति प्रदेसका महासचिव राम्जी पौडेलले सुझाब दिनुभएको छ ।
गेर्खु–सेतिदेवी उपशाखाले आफ्नो भूगोलभित्र पर्ने विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गर्ने, स्वास्थ्य सँस्थासंगको सहकार्यमा प्राथमिक उपचार तालिमलाई बढवा दिने, रेडक्रसको सात सिद्धान्त र अन्तराष्ट्रिय रेडक्रसको उद्देष्य पूरा गर्नको लागी सक्रियताको साथ जिम्मेवारी निर्वाह गर्ने नवनिर्वाचित कार्यसमितिको सचिव निराजन प्याकुरेलले जानकारी दिनुभएको छ ।

May be an image of 12 people, people standing, people sitting and outdoors

No description available.

May be an image of 9 people, people standing, people sitting and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web