नुवाकोटको ककनी गाँउपालिका वडा नं. २ का सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी

पुस १, २०७९ मा प्रकाशित | 382 views

त्रिशुली । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित तिनपिप्लेमा यही आइतबार मोटरसाइकल दुर्घटनामा ल्याउन गुमाएका नुवाकोटको ककनी गाँउपालिका वडा नं. २ का सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ ।

टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले जानकारी दिनुभएको हो ।

टिप्परको ठक्करबाट घाइते भएका २१ वर्षीय सविन फुयाँलको आइतबार राती नै उपचारको क्रममा निधन भएको थियो । उनलाई बा.५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएपछि चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पाइएपछि सवारी ज्यान नभई ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको हो ।

हत्या आरोपमा प्रहरीले टिप्पर धनी नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ का विमल बलामी र त्यसको चालक भएर प्रहरी समक्ष खडा भएका नक्कली चालक शिव बलामी सहित पाच जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाउन थालिएको हो ।

पक्राउ परेका चालक भनिएका शिव बलामीले आफूलाई आर्थिक प्रलोभन देखाएर दुर्घटना हुँदा टिप्पर चलाएको स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । दुर्घटना हुँदा टिप्पर धनी विमलले नै टिप्पर चलाएको खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

दुर्घटनामा नभई हत्या गरेर ज्यान लिएको भन्दै सविन फुँयालको आफन्त र स्थानीयबासीले सोमबारदेखि बिहीबारसम्म बिरोध प्रर्दशन गर्दै आएका थिए । ज्यान मुद्धामा किटानी जाहेरी दर्ता भएसँगै पीडित परिवारले आइतबार निधन भएका २१ वर्षीय सविन फुँयालको शवको अन्तिम सँस्कार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web