ब्राजिललाई हराउँदै क्रोएसिया विश्व कपको सेमिफाइनलमा

मंसिर २४, २०७९ मा प्रकाशित | 318 views

काठमाडौँ । पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे ।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि जितेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web