प्रगतिशील माविका २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

मंसिर २०, २०७९ मा प्रकाशित | 743 views

प्रगतिशील माविका २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

त्रिशूली । विदुर नगरपालिका वडा नं. ३ मा रहेको प्रगतिशील माध्यामिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई नगद छात्रबृत्ति विरतण गरिएको छ ।
आज विद्यालयमा आयोजित एक कार्यक्रमकोबीच स्टिचिङ नेदरल्याण्ड–नेपालका कोषाध्यक्ष डोमिनिक डोरेमनले विद्यार्थीहरुलाई हरेक वर्ष उपलब्ध गराउदै आएको ३०० युरो डलर अर्थात नेपाली ४१ हजार ७५० रुपैयाँ र थप ६२ हजार रुपैयाँ दश जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो ।

स्टिचिङ नेदरल्याण्ड–नेपालको तर्फबाट प्राप्त भएको रकम विद्यालयमा अध्ययरत आर्थिक अवस्था कमजोर भएको, अध्ययनमा क्षमतावान, नियमित विद्यालयमा उपस्थित हुने, बुबाआमा नभएका लगायतका कमजोर बर्गलाई छानोट गरेर उपलब्ध गराएको विद्यालयका शिक्षक भुवन बडालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार स्टिचिङ नेदरल्याण्ड–नेपालले हरेक वर्ष विद्यालयका दश जना विद्यार्थीलाई ३०० युरो उपलब्ध गराउदै आएकोमा त्यस सँस्थाको कोषाध्यक्ष डोमिनिक डोरेमनको तर्फबाट थप ६२ हजार नगद उपलब्ध गराई दश जना विद्यार्थीलाई समान हुने गरेर वितरण गरिएको हो ।

यसैबीच, आजै आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तकबहादुर रिमाल (बाबुराजा)ले थप अन्य दश जना विद्यार्थीको लागी ३० हजार रुपैयाँ छात्रबृत्तिको घोषणा गर्नुभएको छ । विदेशी सँस्थाको तर्फबाट दश जना विद्यार्थी छात्रबृत्ति उपलब्ध गराएसगैँ सोही समूह अन्तरगत उक्त छात्रबृत्तिबाट समेट्न नसकेको थप दश जना विद्यार्थीलाई विव्यस अध्यक्ष तकबहादुर रिमाल (बाबुराजा)ले जनही तीन हजार रुपैयाँको दरले छात्रबृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
उहाँले अध्यययनमा क्षमतावान, आर्थिक अवस्था कमजोर भएका, अनुशासित दश जना विद्यार्थीलाई पन्ध्रसय रुपैयाँ प्रदान गरिसक्नुभएको छ भने छात्रबृत्ति बापतको थप पन्ध्रसय रुपैयाँ यसै शैक्षिक सत्रभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

May be an image of 4 people, people standing and outdoors

May be an image of ‎9 people, people standing, outdoors and ‎text that says "‎not a vessel tobe filled but fire obe iqnited." Plutarch श्री प्रगतिशील माध्यमिक विद्यालय Shree Pragatishil Secondary School Bidur Municipality- 3. Nuwakot std.2014 "शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम जीवन हो"| जोनहिरे ة "The beautiful‎"‎‎

May be an image of 5 people, people standing and outdoors

May be an image of 10 people, people standing, people sitting, mountain and tree

May be an image of 3 people, people standing and indoor

May be an image of 3 people, people standing and indoor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web