नुवाकोटको शिवपुरी गाँउपालिकाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

मंसिर १८, २०७९ मा प्रकाशित | 359 views

त्रिशुली । नुवाकोटको शिवपुरी गाँउपालिकाबाट प्रहरीले भरूवा बन्दुक र त्यसमा लाग्ने बारूदसहित एक जना पक्राउ गरेको जनाएको छ ।

शिवपुरी गाउँपालिका वडा नं. ३ को नयाँगाउँ बस्ने ६० वर्षीय हर्कबहादुर तामाङलाई भरूवा बन्दुक २ थान र बारूद १ किलो सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । घरमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा लोड गरी राखिएको अर्थात पड्काउन ठिक्क पारेको बन्दुक र बारुद फेला परेको प्रहरी चौकी पाट्टीभञ्ज्याङले जनाएको हो ।

बन्दुक सहित पक्राउ परेका हर्कबहादुर तामाङले प्रहरी समक्ष आफूले कुनै अपराध गर्नको लागी नभई शिवपुरी राष्ट्रिय निकुञ्जबाट आउने बादर, दुम्सी, बदेलले असाध्यै दुःख दिने गरेको, खेतबारीमा लगाएको अन्नबाली सबै क्षति पुराउने गरेकाले त्यसबाट सुरक्षित बनाउनको लागी जंगली जनावरहरुलाई तर्साउन प्रयोग गर्ने गरेको बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web