त्रिशूली । अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चित गराउन माग गरेको छ ।
३१औँँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विदुर नगरपालिकासंगको सहकार्यमा आज विदुरमा आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको लागी निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको प्रबन्ध सहित अपाङ्गता भएकाहरुले बनाउने परिचय पत्रलाई सरल उपलब्ध उपलब्ध गराउन र यातायात छुट सहुलियत सुनिश्चित गराउनुपर्ने बताएका छन् ।
अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका अध्यक्ष ओमबहादुर घिमिरे, सचिव लोचन भट्टराई, कोषाध्यक्ष प्रदिप वस्ती सहित पदाधिकारी मार्फत अहिले जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र उनीहरुको अधिकार सुनिश्चित गराउन गर्नुपर्ने पहलका सन्दर्भमा जानकारी गराएसगैँ अन्तरक्रियामा सहभागी वक्ताहरुले एउटै समस्याको लागी उनीहरुले पटक पटक माग तथा गुनासो गर्नुपर्ने अवस्थाको अन्त्य गराउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुको लागी राज्यले तोके अनुसारको सुविधा उपलब्ध गराउन, उनीहरुलाई राज्यको तर्फबाट दिन सक्ने सहुलियत प्रदान गर्न तथा दया र माया भन्दा पनि प्रतिस्पर्धाको अवसर दिएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिको लागी तोकिएको अधिकार कार्यान्वयनम नआएको अपाङ्गता भएक व्यक्तिहरुको गुनासो रहेको थियो ।
18.02¡ÆC