बाजुरा, दोलखा र स्याङ्जा २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

मंसिर १७, २०७९ मा प्रकाशित | 266 views

काठमाडौँ । बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याउनुभएको छ ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web