त्रिशुली । नुवाकोटमा रहेका राजनीतिक दल र उम्मेदवारहरुले आगामी आम निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सामूहिक रुपमा एक्यबद्धता जनाएका छन् ।
नुवाकोट प्रशासनको आयोजनामा हिजो शुक्रबार विदुरमा बसेको जिल्लामा रहेका राजनीतिक दल, आगामी चुनावका उम्मेदवार तथा दल र उम्मेदवारका प्रतिनिधिहरुले आचारसंहिताको पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सामूहिक हस्ताक्षर गरेका छन् ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकमा आगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागी सबैले आ–आफ्नो पक्षबाट निर्वाह गर्र्नुपर्ने भूमिकाको पालना गर्न सहमत हुदै बैठकले तयार गरेको ११ बुँदेँ सहमतिको बुँदामा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएका छन् ।
दल तथा उम्मेदवार र प्रतिनिधि मार्फत जनाएको समूहिक प्रबिद्धतामा मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष, शान्तिपूर्ण, विश्वसनीय र भयरहित तवरबाट सम्पन्न गर्न सम्पूर्ण राजनैतिक दल, उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने तथा आफ्ना कार्यकर्ता, प्रतिनिधिलाई समेत आचारसंहिता पालना गर्ने लगायतका रहेका छन् ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकमा नुवाकोटका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले मंसिर ४ को निर्वाचनको लागी केन्द्रीयस्तरमा दलहरुले तयार गरेको आचारसंहिता पालनाको लागी नुवाकोटका दल र उम्मेदवारले प्रतिबद्धता जनाए अनुसार कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभएको छ । आचारंसंहिताको सन्दर्भमा एकले अर्को दल तथा उम्मेदवारलाई आरोप लगाउनुभन्दा पनि आ आफ्नो तर्फबाट पालना गरेर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन तर्फ लाग्नको लागी सहयोग पुराउन मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले आग्रह गर्नुभएको हो ।
निर्वाचन आचारसहिता अनुसार चुनावी प्रचारको क्रममा मतदाताको घरदैलोमा जाँदा २५ जनासम्म मात्रै जान, पाटीको झण्डा १० वटासम्म तोकिएको आकारको मात्रै बोक्न, प्रचारका अन्य सामाग्रि नबोक्न, ठूलो आकारका फ्लेक्सप्रिन्ट नराख्न चुनावीसभा गर्नुभन्दा ४८ घण्टा अगाडी प्रशासनको अनुमति लिन, बिहान ७ बजेदेखि रातको ८ बजेसम्म मात्रै प्रचारप्रसारका कार्यक्रम गर्न स्मरण गराइएको छ ।
यसैगरी, चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोग मार्फत सञ्चालन गरिने अन्य कार्यक्रमहरुलाई समेत सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागी सहयोग पुराउन निर्वाचन क्षेत्र न. १ को निर्वाचन अधिकृत टेकराज भुसालले राजनीतिक दल र आगामी चुनावपको उम्मेदवार तथा उनीहरुको प्रतिनिधिलाई स्मरण गराउनुभएको छ ।
बैठकमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले आचारसंहिता पालनाको लागी जनाएको यसअघिको ऐक्यबद्धता र हिजो शुक्रबारको बैठकमा जनाएको प्रतिबद्धता अनुसार आचारसंहिताको उल्लघंन गरेर राखेका प्रचारका सामाग्रिलाई हटाउन अनुरोध गर्दै नमानेमा सरकारी पक्षबाट हटाउन बाध्य हुने अबस्था आन नदिनको लागी अनुरोध गर्नुभएको छ ।
24.41¡ÆC