नुवाकोटको क्षेत्र नं. १ का उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त

कार्तिक २५, २०७९ मा प्रकाशित | 285 views

त्रिशुली । आगामी आम निर्वाचनको नुवाकोटका उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्र बनाएका छन् । गएको कात्तिक १७ गतेसम्म पाटीको आन्तरिक बैठकको नाम दिएर प्रचार गर्दै आएका उम्मेदवार तथा दलले कात्तिक १८ गते देखि सुरु भएको प्रचार गर्न पाउने अवधिमा अहिले घरदैलो, चुनावी तथा कोणसभा गर्दै आफ्नो पक्षमा मत माग्न व्यस्त रहेकाछन् ।

नुवाकोटमा सत्तारुढ गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा निवर्तमान सांसद् तथा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले)को तर्फबाट पाटीको जिल्ला अध्यक्ष एवम् निवर्तमान प्रदेस सांसद् बद्री मैनालीबीच प्रतिस्पर्धाको लागी मतदाता आप्नो पक्षमा ल्याउन प्रचार अभियानलाई जारी रहेका छन् ।

सत्तारुढ गठबन्धनबाट यसअघिका सांसद् रहनुभएका तामाङलाई बलियो उम्मेदवारको रुपमा लिइएको छ भने नेकपा एमालेको तर्फबाट यसअघि प्रदेस सांसद् रहनुभएका मैनालीले उम्मेदवारी दर्ता गराएसगैँ राजनीतिक रुपमा विभिन्न योजनाहरु अपनाउदै आफ्नो जितको आधार बलियो बनाउदै अघि बढेको दाबी गर्नुभएको छ । सोही कारण आगामी चुनावमा मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको छ ।

मंसिर ४ गते हुने चुनावको लागी अन्य उम्मेदवारहरुमा राप्रपाबाट सुदर्शन सिटौला, नेपाल मजदुर किसान पाटीबाट रबिन्द्र डंगोल, नेकपा (माले)बाट केशव उप्रेती, राष्ट्रिय स्वतन्त्र पाटीबाट डा.प्रद्युम्न महत, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरेन्द्र तामाङ, नेपाली काँग्रेस (बिपी)बाट श्यामबहादुर गुरुङ, लोकतान्त्रिक समाजवादी पाटीबाट लक्ष्मी रसाइली, हाम्रो पाटी नेपालबाट सफलता बोगटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भुवन तामाङ, जन–समाजवादी पाटीबाट निमेश तामाङ र जनता समाजवादी पाटीबाट देवराज घिमिरेले पनि चुनावी प्रचार अभियानलाई तिव्र बनाइरहेको जनाएका छन् ।

राप्रपा नेपालका पुष्पा न्यौपानेले नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । स्वतन्त्र उम्मेदवार निर्मल लामिछाने, जितेन्द्रसिंह ठकुरी र राजकुमार बस्नेतले आफ्नो चुनावी प्रचार अभियानलाई कायमै राखेको बताएका छन् ।

यसैबीच, निर्वाचन क्षेत्र नं.१ को प्रदेस–१ तर्फ रहेका सात जना उम्मेदवारहरु सबै चुनावी प्रचारमा व्यस्त रहेका छन् ।

सत्तारुढ गबठन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमति प्रदेस सभाको निवर्तमान उपसभामुख तथा पूर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङलाई बलियो उम्मेदवारको रुपमा देखिएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार सुशील खड्काले प्रतिस्पर्धाको रुपमा हेरिएको छ । नेकपा (एमाले)ले गत स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस त्यागेर पाटी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएर प्रचार अभियानलाई तिव्र बनाएको छ । मुख्य प्रतिस्पर्धा राधिका तामाङ र सुशील खड्काबीच हुने देखिएको छ । माओवादी केन्द्रको उम्मेदवार राधिका तामाङको घरदैलो अभियान एक चरणको पूरा भएकाले अब मतदाता भेटघाट, सम्पर्क विस्तार, चुनावी सभा तथा कोणसभामा सहभागी हुने कार्यक्रम तय गरिएको प्रदेससभा सदस्यको उम्मेदवार राधिका तामाङले जानकारी दिनुभएको छ ।

यसैबीच, निर्वाचन क्षेत्र नं .१ को प्रदेस क मा मंसिर ४ को चुनावको लागी अन्य उम्मेदवारहरुमा राप्रपाबाट रामु पण्डित, नेपाल मजदुर किसान पाटीबाट काशीलाल डंगोल, जनता समाजवादी पाटीबाट शेरबहादुर विक, मंगोल नेशनल अर्गनाइजेशनबाट कर्म तामाङ र नेकपा (एकीकृत समाजवादी)बाट राजेश थापाले आफ्नो प्रचार अभियानलाई तिव्रता बनाइरहेका छन् ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी)बाट राजेश थापाले उम्मेदवारी दिएपनि उम्मेदवार निष्क्रिय बनाउदै गठबन्धनका उम्मेदवार राधिका तामाङलाई नै समर्थन गर्नुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं .१ को प्रदेस–२ बाट नौ जना उम्मेदवार मध्ये अधिकांशले चुनावी प्रचारर्लाइ तिव्र बनाइरहेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले पाटी जिल्ला सभापति रमेशकुमार महतलाई बिजयीको लागी प्रचार तिव्र बनाएको छ भने नेकपा (एमाले)को तर्फबाट पूर्णलाल श्रेष्ठलाई बिजयी गराउन कोशिस जारी राखेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत यसअघि उक्त निर्वाचन क्षेत्रको प्रत्यासी उम्मेदवार हुनुहुन्थ्यो भने नेकपा एमालेले नयाँ अनुहारका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई उठाएको हो । सोही कारण नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतको प्रचारलाई बलियो मानिएको छ । मुख्य प्रतिस्पर्धामा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतलाई एमालेको पूर्णलाल श्रेष्ठलाई लिइएको छ ।

अन्य उम्मेदवारहरुमा राप्रपाबाट बिमला थापा, मंगोल नेशनल अर्गनाइजेशनबाट दिपेश राई, नेशलिष्ट पिपुल्स पाटीबाट रमेश सुनार, हाम्रो नेपाली पाटीबाट दिपेश ढुङ्गाना, जनता समाजवादी पाटीबाट रामकृष्ण ढकालले मनोनयन गर्दा गराएका छन । राप्रपा नेपालका केदार पौडेल र स्वतन्त्रका डोलबहादुर घलेले नेकपा एमालेलाई सहयोग गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web