कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कार्तिक ३, २०७९ मा प्रकाशित | 262 views

काठमाडौँ । यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी दिए ।

अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्य ग्रहणलाई सुरक्षित माध्यमबाट हेर्न चाहनेहरुलाई सामाखुसीस्थित तक्षशिला एष्ट्रनोमी क्लबले निःशुल्क व्यवस्था मिलाएको छ ।

धर्मशास्त्रलाई मान्ने हो भने मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने बताएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web