विदुरका जनप्रतिनिधिको सफलता : ‘गल्छी–रसुवागढी सडक’को अबरोध हटाउदै कालोपत्रे गर्न सुरु

त्रिशूली । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तरगत नुवाकोटको विदुर नगरपालिका भित्रको विभिन्न स्थानमा देखिएको समस्या विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ सहितको जनप्रतिनिधिको टोलीले समाधानतर्फ लम्काएका छन् ।
मुआब्जा मागगर्दै सर्वोच्व अदालतमा पुगेका जग्गाधनीको कारण सडक विस्तारको काम रोकिएकोमा अदालतको आदेशको सम्मान गर्दै सडकको थप विस्तार नगरी यथास्थितीमा नै सुधार तथा कालोपत्रे गराउन थालिएको छ ।
नगरप्रमुख राजन श्रेष्ठ सहितको जनप्रतिनिधिको टोलीले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको कार्यालय, निर्माणको जिम्मेवारीको तुदी कन्सट्रक्सनलाई मुआब्जा उपलब्ध नगराई थप विस्तार नगर्न तर, अहिले कामय रहेको सडकमा कालोपत्रे गरेर व्यवस्थित बनाउन सहजिकरण गरेसगैँ पिपलटार, गगटे, ढुङ्गे, वेत्रावती लगायतको स्थानमा बुधबारदेखि काम सुरु गर्न थालिएको हो ।
‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख धुव्र श्रेष्ठको अनुसार विदुरको जनप्रतिनिधिहरुसंगको समन्वयन मार्फत कालोपत्रे गर्न बाँकी रहेको पिपलटारमा कालोपत्रे गर्न सुरु भएको छ भने पिपलटारदेखि गंगटेसम्मको सडकमा कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे गर्ने, पहिलो चरणमा ११ मिटर दायाँबायाँ कालोपत्रे गरिएको स्थानमा त्यस माथी थप ७ मिटरको कालोपत्रे थप्ने काम असोज २ गते बुधबारदेखि सुरु गरिएको छ ।
यसैगरी, ढुङ्गेदेखि गुह्येखोला हुदै वीरेखोलामा हालै सम्पन्न भएको पक्किपुलसम्म कालोपत्रे गर्न बाँकी रहेकाले त्यहाँ पनि तत्कालै काम सुरु गर्न निर्माण व्यावसायीलाई सडक योजनाको कार्यालयले निर्देशन दिएको छ ।

No description available.
यसअघिका नगरप्रमुखले मुआब्जाका सम्बन्धमा अदालतमा बिचारधीन मुद्धाको कारण देखाई केही गर्न नमिल्ने भनेर अल्मलाउदै जनतालाई झुक्याउदै आएकोमा अहिलेका जनप्रनिनिधिले अहिले कायम रहेको सडकलाई व्यवस्थित बनाउनको लागी अदालतको आदेशले केही नगर्ने भनेर कानूनी व्याख्याको आधार खोजेर सडक व्यवस्थित बनाउन थालिएको हो । त्यसको लागी विदुरका नगरप्रमुख राजन श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी र वडा नं .१, २, ३, ४, ५, १०, ११, १२ लगायतका वडाका वडाध्यक्षहरु सहितको टोलीले बुधबार पिपलटार चोकमा र पिपलटार चोकदेखि गगटेसम्म कालोपत्रे हुन बाँकी रहेको तथा दोश्रो चरणको कालोपत्रे गर्न बाकी रहेको समस्या समाधानको लागी पहल गरेसगैँ उक्त स्थानमा बुधबारदेखि नै काम थालिएको छ ।
यस्तै, ढुङ्गेबाट गेर्खु जाने क्रममा धोवी खोलामा पक्कि पुलको डिजाइन परिवर्तन गर्नु परेको लगायतका कारण ढिलो भएको सडक व्यवस्थित बनाउने काम पनि अब पुल र सडकको एकै साथ सुरु गर्नको लागी सरोकारवाला पक्षहरुको सहयोगमा काम अघि बढाइने भएको छ ।
यस्तै, नुवाकोटतर्फको वेत्रावती बजारमा रहेको मन्दिरको समस्या पनि समाधान भएको छ । मन्दिरको कारण देखाई लामो समयदेखि रोकिएको सडक विस्तारको काम पनि अब अघि बढाउन सहमति जुटेको योजना कार्यालयका प्रमुख धुव्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

No description available.
उहाँको अनुसार अहिले सडक किनारमा रहेको मन्दिरलाई स्थानीयबासीको माग अनुसार नजिकै उपयुक्त स्थानमा स्थान्तरण गरेर सडक विस्तार गर्न लागिएको हो । उक्त स्थानमा मन्दिरको कारण देखाई लामो समयदेखि केही स्थानीयबासीबाट हुदै आएको अबरोध खुलाउन नगरप्रमुख राजन श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी सहित विदुरको विभिन्न वडाका वडाध्यक्षहरुको टोली बुधबार वेत्रावतीमा पुगेको हो । उक्त स्थानमा निर्माण व्यावसायीलाई तत्कालै सडक विस्तारको काम सुरु गर्न निर्देशन दिइसकेको सडक योजनाको कार्यालयले जनाएको छ ।

No description available.

शाखा सडकमा पनि कालोपत्रे गरिने :
‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ योजना अन्तरगत निर्माण भइरहेको सडकसंग जोडिएका शाखा सडकको केही दुरीमा योजनाको कार्यालय मार्फत कालोपत्रे गरिने भएको छ । सडक निर्माण तथा व्यवस्थित गराउन पहल भएसगैँ ‘गल्छी–त्रिशूली–वेत्रावती’को मूल सडकसंग जोडिएका अन्य शाखा सडकहरुमा आवश्यकताको आधारमा २० देखि ३५ मिटरको दुरीसम्म योजनाको कार्यालय मार्फत काम गरिरहेको निर्माण व्यावसायीबाटै कालोपत्रे गर्ने सहमति जुटाइएको छ ।
विदुरका जनप्रतिनिधिको आग्रह र काम हुनु पर्ने अडानपछि आवश्यकताको आधारमा शाखा सडकहरुमा समेत कालोपत्रे गर्ने सहमति भए अनुसार पिपलटारदेखि गगटेसम्म सडक व्यवस्थित बनाउन सुरु भएसगैँ मूल सडकमा जोडिएको मुखबाट शाखा सडकहरुको केही मिटर भित्रसम्म कालोपत्रे गर्न थालिएको हो ।

No description available.

माझीटार स्थित मूल सडकबाट भित्री सडकको कालोपत्रे गर्नको लागी कार्यक्षेत्र देखाउदै नगरप्रमुख राजन श्रेष्ठ, ५ नं. वडाध्यक्ष लिलानाथ न्यौपाने लगायत ।

प्रतिक्रिया

TOP