निर्माणको १५ वर्षपछि बट्टार बसपार्क विदुर नगरपालिकाबाट सञ्चालन

अशोज २६, २०७९ मा प्रकाशित | 586 views

त्रिशूली । निर्माण भएको १५ वर्षसम्म अलपत्र एंव अव्यवस्थित बनेको नुवाकोटको बट्टार बसपार्क आजदेखि सञ्चालनमा आएको छ ।
विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ सहित नगरपालिकाको सिङ्गो टिमको अग्रसरता र सरोकारवालाहरुको सहयोगमा बट्टार बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको हो ।
आज बिहान काठमाडौ जाने पहिलो गाडीको चालक र यात्रुलाई खाता ओढाएर नगरप्रमुख राजन श्रेष्ठले यात्रा सफतालको कामना सहित बसपार्क सञ्चालनको शुभारम्भ गर्नुभएको हो ।

No description available.
नगर प्रमुख पदमा निर्वाचित भएर आएसगैँ मुख्य–मुख्य कामको प्राथमिकताको सूची अन्तरगत रहेको बट्टार बसपार्क सञ्चालनको लागी नगरप्रमुख राजन श्रेष्ठको पछिल्लो एक महिनादेखिको निरन्तरको प्रयासले अन्ततः आजदेखि कार्यान्वयनमा आएको छ ।

बसपार्क सञ्चालनको लागी नगरपालिकाको आयोजनामा जिल्लाको सरोकारवालाहरुको बैठक, प्रशासन कार्यालय र विदुर नगरपालिकाको कार्यालयमा पटक–पटक बसेको बैठकको निर्णय अनुसार गत असोज ११ गतेदेखि मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन थालिएको थियो भने आज असोज २६ गतेदेखि बट्टार बसपार्क पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो । यसअघि पनि विभिन्न समयमा गरिएको प्रयास असफल भएकाले अबदेखि नियमित रुपमा सञ्चालन गरिने नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

बसपार्क सञ्चालनमा ल्याएसगैँ आजदेखि नुवाकोटको विदुर नगरक्षेत्रमा त्रिशूली बसपार्क र बट्टार बसपार्कबाट टिकट उपलब्ध गराइने छ भने रसुवा जाने यात्रुको लागी ढुङ्गेमा सम्पर्क केन्द्र राखेर टिकट उपलब्ध गराइने छ । यसअघि बजार क्षेत्रको बट्टार, विदुर लगायतका स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित रहेको निजी तथा सार्वजनिक सवारीसाधनहरु अब व्यवस्थित गराउन थालिएको हो ।

No description available.

बसपार्क सञ्चालनमा ल्याउनको लागी नगरप्रमुख राजन श्रेष्ठ सहित उपप्रमुख प्रभा बोगटी, वडा नं. १ को वडाध्यक्ष लेनिन रञ्जित, वडा नं. २ को वडाध्यक्ष दिपक कायस्थ, वडा नं. ४ को वडाध्यक्ष निलमबाबु ढुङ्गेल लगायतका जनप्रतिनिधि र कर्मचारी आज बिहानैदेखि खटिएर आवश्यक सहजिकरण गर्नुभएको थियो । यस्तै, बसपार्क सञ्चालन अवस्थाको जानकारी लिनको लागी जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी समेत पुग्नुभएको थियो ।

No description available.

यसैगरी, जिल्ला ट्राफिक प्रहरी प्रमुख गुणनिधि खकुरेल सहित जिल्लामा सञ्चालनमा रहेका सबै यातायात व्यावसायीहरुका प्रतिनिधि लगायतका सरोकारावालाहरु बसपार्क क्षेत्रमा नै बसेर बसपार्क सञ्चालनलाई सहयोग पुराइरहेका छन् ।
बसपार्क सञ्चालनमा ल्याउनमा ल्याउनको लागी नगरपालिकाले बसपार्क भित्र रहेको टर्मिनलमा आवश्वक पूर्वाधारको निर्माण गरेर जिल्लाबाट सञ्चालनमा रहेका सबै यातायात समितिको टिकट काउन्टर राखिएको छ ।

No description available.

त्यो सगैँ नगरपालिकाको सहकार्यमा बसपार्क भित्रै प्रहरी इकाई सञ्चालनमा रहेको छ भने प्रहरीले यात्रु सहायता कक्ष समेत स्थापना गरेर यात्रु तथा नागरिकहरुलाई सहयोग पुराउन सुरु गरेको छ ।

यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनहरु बसपार्क भित्र लैजानु पर्ने र त्याहाँ १५ मिनेट रोक्नुपर्ने, टिकट काउन्टरहरु सबै बसपार्क भित्रै राख्नुपर्ने बसपार्क भन्दा बाहिर यात्रुलाई चढाउने र ओराल्ने मात्रै गर्नुपर्ने अर्थात यात्रुलाई कुरेर बस्न नपाइने सहित बसपार्क सञ्चालनको लागी चाहिने भौतिक पूर्वाधार पानी, शौचालय, बत्ति, टेलिफोन, इन्टरनेटको व्यवस्था नगरपालिकाले उपलब्ध गराइसकेको तथा गराउने प्रक्रियामा रहेको छ ।

No description available.

No description available.
यसैगरी, गएको असोज ११ गतेदेखि बजार क्षेत्रम सार्वजनिक यातायातका साधनको जथाभावी पार्किङ गर्नको लागी नगरपालिकाले निषेध गरिसकेको छ ।
नगरके कोलनी, त्रिशूलीबजार, ढुङ्गे, विदुर, बट्टारबजारमा सडक छेउमा दुईपाङ्ग्रे चारपाङ्ग्रे सबै किसिमका सवारी साधन रोक्ने नपाइने, सडक र सडक पेटी मिचेर राखिएका निर्माण सामाग्रिहरु, बजार पसलका सामानहरु, ढेलागाढाहरु हटाउने अभियान चलाइरहेको छ ।
अर्को निर्णय नभएसम्मको लागी बट्टार बजारको लागी दैनिक आलोपालो गरेर एकतर्फी रुपमा पार्किङ सुविधा मिलाइएको छ भने त्रिशूली बजारको लागी विद्युत प्राधिकरणको गेट अगाडी रहेको पूरानो बसपार्कमा रोक्नको लागी भनिएको छ ।

No description available.

यस्तै, ढुङ्गेमा रोक्ने गरिएको यातायातका साधनहरु सबै कृषि विकास बैंक अगाडीको खाली जग्गामा पार्किङ गराएर ढुङ्गे क्षेत्रमा गाडी रोक्ने प्रबन्ध मिलाउने प्रयास भइरहेको छ ।
विदुर नगरपालिकाको तर्फबाट बसपार्क सञ्चालन र यातायात सेवालाई सहज र सरल गरेर बजार व्यवस्थित, दुर्घटना न्यूनिकरणमा देखाएको सक्रियता प्रति सरोकारावालाहरु निकायको तर्फबाट प्रहरी, प्रशासन, उपभोक्ता हित संरक्षण मञ्च, नागरिक समाज, उद्योग बाणिज्य संघ लगायतले पनि स्वागतयोग्य कदम भनेर प्रशंसा गर्दै आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

विदुर–४ स्थित निर्माण गरिएको बसपार्क विसंं २०६४ सालबाट सुरु गरेर चार वर्षको अवधिमा करोडौ रुपैयाँ लगानीमा बनाइएको थियो । दाताको सहयोग र केही मुआब्जा मार्फत प्राप्त खरिद गरेको समेत गरेर बसपार्क ३६ रोपनी जग्गामा फैलिएको छ ।

No description available.

एशियाली विकास बैंकको ऋण सहयोग, नगर विकास कोषको लगानीमा निर्माण गरिएको उक्त बसपार्कको संरक्षण, सञ्चालन र ऋण बिदुर नगरपालिका कार्यालयको जिम्मेवारीमा रहेको छ ।

एशियाली विकास बैंकसंग लिएको ऋण बापत विदुर नगरपालिकाले वर्षको करीब २४ लाख रुपैयाँ सावाँ र व्याज तिर्दै आएपनि हालसम्म अलपत्र अबस्थामा रहेको थियो । २०६८ सालमा निर्माण सम्पन्न भएको वर्षपार्क सोही समयदेखि नै साझेदारी सँस्था मार्फत सार्वजनिक गाडीहरुबाट प्रवेश शुल्क उठाउने गरेर जिम्मेवारी दिएपनि बसपार्क सञ्चालन नगरी मूल सडकमा नै बसेर शुल्क उठाइने गरिएको थियो ।

हाल यो बसपार्क सञ्चालन बापत भनेर बिराट निर्माण सेवाले वार्षिक १२ लाख ७१ हजार रुपैयामा जिम्मेवारी पाएको छ । त्यसबापत उक्त कम्पनीले तोकिए अनुसार सार्वजनिक गाडीहरुबाट शुल्क लिन पाउने, टर्मिनलमा रहेको सटर सहित आसपासको जम्गा भाडामा लगाउन पाउदछ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web