त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई पचास हजार थान क्याल्सियम र तीनसय थान ‘न्यानो झोला’ उपलब्ध गराएको छ ।
अस्पतालमा परीक्षण गराउन पुग्ने गर्भवतीलाई क्याल्सियम तथा सुत्केरी र नवजात शिशुलाई लगाउने कपडा सहितको सरसफाईका सामाग्रि भएको न्यानो झोला नगरप्रमुख राजन श्रेष्ठले अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
प्रादेशिक मन्त्रालय अन्तरगत रहेको त्रिशूली अस्पतालले जाँच गर्ने गर्भवतीलाई उपलब्ध गराउन क्याल्सियम र सुत्केरीलाई प्रदान गर्न कपडा सहितको सरसफाईका सामाग्रि अभाव भएको भनेर गरेको आग्रह अनुसार पहिलो चरणमा माग अनुसारको सामाग्रि उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालको माग अनुसार अत्यावश्यक थप सहयोगका सामाग्रि नगरपालिकाको तर्फबाट उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाले अस्पताललाई उपलब्ध गराएको उक्त सामाग्रि रु.तीन लाख ६३ हजार लागतको रहेको छ । सामाग्रि हस्तान्तरणका क्रममा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले प्रदेशबाट प्राप्त हुने औषधि, जनशक्ती र उपकरण कटौती हुदाँ सेवा प्रवाहमा कठिनाई भएको गुनासो गर्नुभयो ।

उक्त अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेले जाँच गराउन आउने गर्भवतीलाई क्याल्सियम खान पुर्जी दिएपनि फार्मेसीबाट खरिद गरेर खान वेवास्था गरेकाले अस्पतालले निःशुल्क उपलब्ध गराउदा उपभोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँको अनुसार कपडा र सरसफाई संलग्न रहेको न्यानो झोलाले अस्पतालमा सुत्केरी हुने आमा र नवजात शिशुको स्वास्थ्य सुनिश्चिततामा उल्लेख्य सुधार पुग्नेछ ।

कार्यक्रममा त्रिशूली अस्पतालका पूर्वअध्यक्ष पारस अधिकारीले त्रिशूली अस्पतालको लागी पहिलो पटक विदुर नगरपालिका मार्फत प्रापतभएका सामाग्रिले गर्भवती, सुत्केरी र नवजात शिशुको लागी प्रत्यक्ष लाभ पुगेकाले आगामी दिनमा पनि नगरपालिका मार्फत थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । उक्त न्यानो झोला र क्याल्सियम चक्की विदुर नगरपालिका मार्फत अस्पताललाई उलपब्ध गराउनको लागी पूर्व अध्यक्ष पारस अधिकारीले मुख्य भूमिका निर्वाह गरेर निरन्तरको प्रयासबाट सफलता मिलेको हो ।
नुवाकोट, रसुवा र धादिङ सहितका जिल्लाका बिरामीलाई सेवा पुराउदै आएको त्रिशूली अस्पताल बागमति प्रदेस सरकार मातहत सञ्चालित छ । यहाँ अत्यावश्यक सामाग्रि नुवाकोट र रसुवाका स्थानीयतह मार्फत सहयोग प्राप्त भएसगैँ सेवा विस्तार र गुणस्तर बनाउन मद्यत पुगेको अस्पतालले जनाएको छ ।






22.58¡ÆC