त्रिशूली । बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिका भित्रका विभिन्न योजना निर्माणदेखि वर्षोदेखि देखिएका नगरबासीको समस्या समाधानको लागी नगरप्रमुख राजन श्रेष्ठ समक्ष आवश्यक सहयोगको प्रतिबद्धता जनाएको छ ।
विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले मंगलबार प्रदेशको राजधानी हेटौँडा पुगेर मुख्यमन्त्री सहित विभिन्न मन्त्रालयका मन्त्रीलाई भेटेर बुझाएको ध्यानाकर्षण पत्रको सम्बोधनको क्रममा विदुर नगरपालिका भित्र विद्यमान रहेका समस्याको समाधान, अधुरा योजनाको कार्यान्वयन र तयारीमा रहेका योजनाको लागी बजेटको सुनिश्चितता गराउन सकारात्मक प्रतिक्रिया दिएको हो ।
नगरप्रमुख राजन श्रेष्ठसंगको भेट तथा ज्ञापनपत्र ग्रहण गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले नुवाकोटको विदुर नगरभित्रको विविध समस्यासँग अवगत गराउनुभएको थियो ।
नगरप्रमुख राजन श्रेष्ठले ‘गल्छी–रसुवागढी सडक अन्तर्गत पिपलटार ढुङ्गे सडक खण्डको मुआब्जाको समस्या न्यायिक निकायमा विचाराधीन भएकाले अन्तिम किनारा तथा मेलपिलाप मार्फत नगरबासीलाई न्याउ प्रदान गर्न, देवीघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन, सिलट्याङ्कीमा बेटिङ सहितको पर्यटन प्रबद्र्धनात्मक अन्य कार्यक्रमको कार्यान्वयन, अटो–भिलेज निर्माण, वातावरणीय सुधार, बाढी पीडितहरुलाई क्षतिपूर्ति र राहत लगायत समस्या समाधानका विषयमा मुख्यमन्त्री सहित मन्त्रिहरुलाई मागपत्र (ध्यानाकर्षण पत्र) बुझाउनुभएको छ ।

त्यस क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सहित आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले विदुर नगरपालिकाको माग जायज भएकाले कानून अनुसार समाधानको लागी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गल्छी रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्डको मुवाब्जा वितरण र सडक निर्माणमा देखिएको समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, देवीघाटमा रहेको जगतप्रकाशजंग शाह सँस्कृत माविलाई आवासीय रुपमा सञ्चालन गर्ने, देवीघाट र नुवाकोट दरबार क्षेत्रको गुरुयोजना कार्यान्वयन र घुमफिर वर्ष अन्तर्गत दुवै क्षेत्रलाई समावेश गर्न सम्बन्धित निकायलाइ निर्देशन दिनुका साथै विदुर नगरपालिका–९ को सिल्टयाङ्कीमा जलबिहारको लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभएको छ ।
मागपत्रमा केहि रणनीतिक सडकहरुको स्तरोन्नति, पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम, अटोभिलेज निर्माण, वातावरणीय सुधार, बाढीपीडितहरुलाइ क्षतिपूर्ति र राहत लगायतका विषयहरु समेटिएका छन् ।
विदुरका नगरप्रमुख राजन श्रेष्ठले बागमति प्रदेस सरकारको मुख्यमन्त्री र मन्त्रीहरुलाई बुझाएको ध्यानाकर्षण (मागपत्र)को ब्यहोरा यस्तो छ :







22.12¡ÆC