राष्ट्रपति भण्डारीद्वारा ५ वटा विधेयक प्रमाणीकरण

भदौ २८, २०७९ मा प्रकाशित | 247 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले आज मङ्गलवार विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएकाे छ ।

उहाँले तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९, स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गर्नुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web