आज केही ठाउँमा हल्कादेखि सामान्य वर्षाको सम्भावना

भदौ २०, २०७९ मा प्रकाशित | 349 views

काठमाडौँ । आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई ठाउँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् ।

मौसमविद् मञ्जु बासीका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web