समानुपातितर्फ ७६ दलको निवेदन

भदौ १३, २०७९ मा प्रकाशित | 282 views

काठमाडौँ । आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।

प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५, मधेस प्रदेशमा ६७ दलबाट ५९, बाग्मती प्रदेशमा ६६ दलबाट ५८ वटा निवेदन परेको छ । गण्डकी प्रदेशमा ६० दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० वटा निवेदन परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web