साथी उपभोत्ता सहकारी सस्थाको १३ औ बार्षिक कार्यक्रम सम्पन्न

भदौ ६, २०७९ मा प्रकाशित | 550 views

त्रिशुली । साथी उपभोत्ता सहकारी सस्थाको १३ औ बार्षिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १३ औ बार्षिक कार्यक्रम तथा चियापान समारोहको अबसर पारेर यसअघि

संस्थाको अध्यक्ष पदमा रहेर बखुबी जिम्मेवारी निर्बाह गर्नुभएका बिदुर नगरपालिकाका निर्बाचित मेयर अध्यक्ष राजन लाल श्रेष्ठ लाइ सहकारीका अध्यक्ष राजन मान श्रेष्ठ द्धारा दोसल्ला ओढाइ सम्मान गरिएको छ  ।

आज बट्टारमा आयोजित सम्मान ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै साथी उपभोत्ता सहकारी संस्थाका पुर्बअध्यक्ष तथा बिदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले सहकारी संस्थाहरुको निती र नियमलाई मध्यनजर गर्दै आगामी दिनमा पनि सामाजिक कार्यमा तत्पर रहने र बचतकर्ताहरुले पाउने सबै किसिमका सेवा सुबिधा उपलब्ध गराउन आफुले समन्वयकारी भुमिका खेल्ने बताउनुभएको छ ।

२०६७ सालमा स्थापना भएको साथी उपभोत्ता सहकारी संस्था बचत, ऋण परिचालन लगायत सामाजिक कार्यमा समेत अग्रसर रहदै आएको छ । १३ औ बार्षिक कार्यक्रमको अबसर पारेर संस्थाले १० बर्ष देखि सहकारी मा कार्यरत ब्यबस्थापकको भुमिका निरर्बाह गर्दै आउनु भएका सुस्मिता श्रेष्ठलाई बिदाइ गरिएको सहकारीका उपाध्यक्ष सैलेन्द्र बज्राचार्यले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web