एक नेपालीको भागमा ६८ हजार ९ सय रुपैयाँ सरकारी ऋण

भदौ १, २०७९ मा प्रकाशित | 481 views

एक नेपालीको भागमा ६८ हजार ९ सय रुपैयाँ सरकारी ऋण

काठमाडौ । नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।

यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ । सरकारको ऋण २० खर्ब ११ खर्ब ५८ करोड रुपैयाँलाई नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० ले भाग गर्दा हरेक नेपालीको भागमा ६८ हजार नाै सय सात रुपैयाँ ऋण पर्न आउँछ ।

गएको आर्थिक वर्षमा मात्रै सरकारले दुई खर्ब ३१ अर्ब आन्तरिक ऋण र एक खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । गएकाे वर्ष नेपालले ४७ अर्ब ३३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web