नेपाली सेना र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास गर्ने

साउन ३०, २०७९ मा प्रकाशित | 547 views

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।

अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट क्षेत्रमा सञ्चालन हुनेछ ।

तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज साेमवार नेपाल आइपुगको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web