गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे

साउन २७, २०७९ मा प्रकाशित | 259 views

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि रसुवाको गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ ।

१० हजारभन्दा धेरै भक्तजन गोसाइँकुण्ड पुगिसकेका रसुवाका प्रमुख जिल्ला अधिकारी एवम् गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको तीर्थस्थलमा पुग्ने यात्रुलाई लेक लाग्ने समस्या रहेकाले ठाउँठाउँमा उपचारको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web