त्रिशूली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ ।
उहाँको पिता दिपबहादुर तामाङको मंगलबार राती निधन भएको हो । नुवाकोटको किस्पाङ गाँउपालिका वडा नं. ५ स्थित घरमा नै निधन भएको दिपबहादुर तामाङको आफन्त समेत रहनुभएका नेपाली काँग्रेसका युवानेता छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।
अहिले घरमा नै रहेको पार्थिव शरीरलाई बौद्ध धर्म अनुसार अन्तिम सँस्कार गरिने भएको छ । दिवंगत हुनुभएका ८९ वर्षका दिपबहादुर तामाङप्रति श्रद्धाञ्जली दिन र शोकमा रहनुभएका नेपाली काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह तामाङ सहित उहाँको परिवारलाई समवेदना दिन उहाँको निजी निवास किस्पाङ गाँउपालिका वडा नं. ५ मानेडाँडामा शुभेच्छुकहरु भेला भएका छन् ।
दिवंगत दिपबहादुर तामाङको चार जना छोरा र चार जना छोरी छन् ।
28.12¡ÆC