त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकालाई केन्द्रबिन्दु बनाई आज बिहान भूकम्पको पराकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा गएको पराकम्प नुवाकोट, रसुवा, धादिङ काठमाडौ, सहितको जिल्लामा भूकम्पको पराकम्प महशुस गरिएको थियो ।
बेलकोटगढी नगरपालिकालाई केन्द्र बिन्दु बनाएर गएको पराकम्प ५ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेको कम्पन २०७२ सालमा गएको भूकम्पको पश्चातको पराकम्प भएको उल्लेख गरिएको छ । पराकम्पले करीब दुई सकेण्डजति हल्लाएको थियो । कम्पनको कारण क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको नुवाकोट प्रहरीले जनाएको छ ।

यसअघि, यही साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
24.12¡ÆC