मौसममा सुधार, केहीदिन दिन लगातार पानी पर्ने सम्भावना कम

साउन २०, २०७९ मा प्रकाशित | 905 views

नुवाकोट । मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ ।

अबको एक  दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ ।

मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web