तारकेश्वरमा बनिरहेका पाचवटा स्वास्थ्य सँस्थालाई जतिसक्दो चाडो बनाउन अध्यक्षको निर्देशन

साउन १४, २०७९ मा प्रकाशित | 773 views

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिंङमा जग्गा विवादको समस्या समाधान भएगसैँ १० श्शयाको सुविधा सम्पन्न दाङसिह स्वास्थ्य चौकीको भवन निर्माण थालिएको छ । अहिले स्वास्थ्य चौकीको रुपमा भनिएपनि यसलाई पालिकास्तरीय अस्पतालको रुपमा समेत विकास गर्न सक्ने गरेर संरचना निर्माणको काम अघि बढाएको गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभएको छ ।

No description available.
अस्पताल सरहको स्वास्थ्य चौकीको भवन निर्माण यसअघिनै गर्ने गरेर जग्गा सम्माउने, घडेरी खार्ने लगायतका काम भएपनि प्रयाप्त जग्गा नपुगेका कारण रोकिएको काम आज गाँउपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले शिलान्यास गरेर अघि बढाउनुभएको हो । नुवाकोटको विभिन्न सात स्थानमा स्वास्थ्य चौकी बनाउन ‘आलोक–पुष्पाञ्जली’ जेभी निर्माण व्यवसायीले जिम्मेवारी पाएको मध्ये दाङसिह स्वास्थ्य चौकीको काम सबैभन्दा ढिलो भएकाले यसलाई तिव्र गतिमा अघि बढाउन अध्यक्षले निर्माण व्यावसायीलाई निर्देशन दिनुभएको छ ।

उक्त निर्माण व्यावसायी मार्फत दाङसिह स्वास्थ्य चौकी सहित तारकेश्वर गाउँपालिकामा मात्रै पाच वटा भवन निर्माण गर्न लागिएको हो । बाँकी दुई वटा स्वास्थ्य सँस्था नुवाकोटको अन्य पालिकामा बनाउन एकै प्याकेजमा एकमुष्ट १९ करोड ७५ लाख हाराहारीको ठेक्का लगाइएको थियो ।

सातवटा स्थानमा स्वास्थ्य चौकी निर्माण अन्तरगरत तारकेश्वर गाँउपालिकाको वडा नं.१ को दाङसिह स्वास्थ्य चौकी सहित वडा नं. ३ मा दुईवटा मध्ये एकवटा आर्युवेदिक भवन र एकवटा स्वास्थ्य चौकी र वडा नं ४ मा दुई वटा स्वास्थ्य चौकी बनाउन लागिएको छ ।

निर्माणको लागी १८ महिनाको समयसीमा तोकिएकोमा त्यो समय आगामी मंसिरमा सकिने भएकाले भौतिक प्रगति बढाउन निर्माण व्यवसायीलाई गाँउपालिकाले ताकेता गर्दै आइरहेको छ । आज शिलान्यास गरिएको वडा नं. १ को दाङसिह स्वास्थ्य चौकी र वडा नं. ४ को नेवारपानीमा निर्माण भइरहेको स्वास्थ्य चौकीको काम आगामी मंसिरसम्ममा पूरा गर्न सक्ने अबस्था नभएकाले समय थप गर्नुपर्ने देखिएको छ ।
वडा नं. १ मा जग्गाको समस्या र वडा नं. ४ नेवारपानीमा बनाउन लागिएको स्वास्थ्य चौकीको जग जोखिम स्थानमा भनेर विवाद आएको र पछि उक्त स्थानलाई जोखिममुक्त बनाई सोही स्थानमा नै नयाँ भवनको निर्माण अघि बढाइएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web