तारकेश्वर गाँउ कार्यसमितिको कोषाध्यक्षमा सम्झना श्रेष्ठ चयन

साउन ९, २०७९ मा प्रकाशित | 557 views

दाङसिंह । नेपाली काँग्रेस तारकेश्वर गाँउ कार्यसमितिको कोषाध्यक्षमा सम्झना श्रेष्ठ चयन हुनुभएको छ । तारकेश्वर गाँउ कार्यसमितिको सभापति केशवराज अर्यालको सभापतित्वमा आज सोमबार बसेको गाँउ कार्यसमितिको बैठकले निर्वाचित सदस्यहरु मध्येबाट कोषाध्यक्ष चयन गर्ने पाटीको बिधान अनुसार सर्बसम्मत रुपमा तारकेश्वर गाँउपालिका वडा नं. ४ निवासी गाँउ कार्यसमितिका सदस्य सम्झना श्रेष्ठलाई कोषाध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी, बैठकले तारकेश्वर गाँउपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनका साझा उम्मेदवारहरु अध्यक्षमा शिव अधिकारी र उपाध्यक्ष हरीप्रसाद रिमाल सहित वडा नं. १, ३ र ५ मा वडाध्यक्ष सहित विभिन्न पदमा नेपाली काँग्रेसबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई सहित पाच वर्षे कार्यकालमा जनपक्षीय काम गर्न स्मरण गराइएको सभापति केशवराज अर्यालले जानकारी दिनुभएको छ ।

May be an image of 1 person and sitting

उहाँको अनुसार गठबन्धनका साझा उम्मेदवारलाई गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित गाँउसभामा बहुमत काँग्रेसका उम्मेदवारहरुलाई विश्वास गरेर बिजयी गराउने मतदातालाई धन्यावाद प्रकट गरिएको छ । निर्वाचित जनप्रतिनिधिलाई जनताको काम कारबाहीको लागी सदैव सहयोग गर्न र उनीहरुलाई शासकको रुपमा नभई सेवकको रुपमा काम गर्ने वातावरण बनाईराख्न मतदाता तथा तारकेश्वरबासीलाई नेपाली काँग्रेस तारकेश्वर गाँउकार्यसमितिको बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web