बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो

साउन ६, २०७९ मा प्रकाशित | 344 views

काठमाडौँ । बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।

भाडा वृद्धिपछि पनि काठमाण्डाै उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ । १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web