देशका धेरै ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

साउन ५, २०७९ मा प्रकाशित | 343 views

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत काठमाण्डौ उपत्यकाका केही ठाउँमा भारी वर्षा भएको जनाएको छ ।

गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यी क्षेत्रका खोला किनारमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोक मेलम्चीको नकोटे र आसपासमा पनि भारी वर्षा मापन भएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटरले बढेको छ ।

साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आज बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । आज पनि देशका पहाडी भू–भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र प्रदेश-१ का एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web