बूढीगङ्गामा आएको बाढीले ४ वटा घर बगायो

साउन ४, २०७९ मा प्रकाशित | 311 views

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा बूढीगङ्गा नदीमा आएकाे बाढीले चार वटा घर बगाएकाे छ ।

मङ्गलवार राति परेकाे पानीका कारण बूढीगङ्गामा बाढी आउँदा चार वटा घर बगाएकाे नेपाल पत्रकार महासङ्घ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिनुभएकाे छ । बाढीले खेत पनि बगाएकाे उहाँले बताउनुभयाे ।

क्षतिको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयाे । विस्थापित भएका २३ जनालाई आफन्तको घरमा बस्ने व्यवस्था मिलाएकाे र व्यवस्थापनका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web