नुवाकोट । नुवाकोटको लिखु गाँउपालिका वडा नंं ६ मा मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको निधन भएको छ ।
गएराती अन्दाजी साढे १२ बजेतिर भएको मोटरसाकइल दुर्घटनामा लिखु गाँउपालिका वडा नं. ६ घर भएका २९ वर्षका करण के.सी को निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीको अनुसार छहरेपुलबाट घरतर्फ जादै गरेका केसीले चलाएको ना.६२ प ९५२१ नं. को मोटरसाइकल सडक छेउको विद्युतीय पोलमा ठोक्किदा गम्भीर घाइते भएका थिए । त्यहाँबाट उद्धार गरेर सेवा सामुदायिक अस्पतालमा पुराएपनि चिकित्सकले निधन भइसकेको बताएका थिए ।
27.12¡ÆC