मनसुनी प्रणाली कमजोर, गर्मी बढ्यो

असार ३१, २०७९ मा प्रकाशित | 380 views

काठमाडौँ । मनसुनी प्रणाली कमजोर भएकाले अबको तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८, धनगढीको ३७ दशमलव २, नेपालगञ्जकाे ३७, सिमराको ३६ दशमलव २, जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, विराटनगरको ३४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३० दशमलव ५ डिग्री सेल्सियस छ । आज पनि अधिकतम तापक्रम यस्तै रहने अनुमान गरिएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web