सरकारको एक वर्षे उपलब्धि सार्वजनिक

असार २९, २०७९ मा प्रकाशित | 278 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गएको वर्षको असार २९ गतेदेखि यो वर्षको असार २९ गतेसम्म अर्थात १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

विवरणमा यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता र कुशासनको अन्त्य गरेर देशलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको दाबी गरिएको छ ।

यस्तै, पालिका चुनाव सम्पन्न, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको, गरिबीको रेखामुनि रहेका परिवारलाई अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन गरिब घरपरिवार परिचयपत्रको सुरुवात गरिएको, सङ्कटग्रस्त उद्योगधन्दा र विपन्न तथा बेरोजगारलाई विशेष प्याकेजको व्यवस्था गरिएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिन सुरुवात भएको लगायतका उपलब्धि विवरणमा समेटिएको छ ।

यस्तै, अति विपन्न परिवारलाई १० हजार रुपैयाँ राहतको घोषणा, युवालाई पढ्दै कमाउँदै कार्यक्रम, महिला पहिला कार्यक्रम, नेपाली वस्तुको उपयोगमा प्रोत्साहन गर्न मेक इन नेपाल कार्यक्रम घोषणा, भूमि आयोगको गठन गरेर भूमिहीन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता, किसानसँग सरकार र किसान पेन्सन कार्यक्रम घोषणा, विपक्षीले ९ महिनादेखि चल्न नदिएको संसद्को अवरोध अन्त्य, कर्मचारीको तलब वृद्धि, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी अघि नबढाउने निर्णय, भारतमा बिजुली बिक्री लगायतका उपलब्धि भएको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web