भृकुटीमण्डपमा आगलागी, अझै नियन्त्रणमा आएन

असार २९, २०७९ मा प्रकाशित | 305 views

काठमाडौँ । काठमाण्डौको भृकुटीमण्डपमा लागेको आगो अझै निभाउन सकिएको छैन ।

काठमाण्डौ, भक्तपुर र ललितपुर, नेपाल प्रहरी लगायतका दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भए पनि अझै निभाउन नसकिएको जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा दिउँसो तीन बजेदेखि आगो लागिरहेको छ । आगो के कारणले लागेको हो भन्ने अझै खुलेको छैन । अहिलेसम्म के कति क्षति भयो भन्ने पनि खुलिनसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web