काठमाण्डौ उपत्यकाकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

असार २९, २०७९ मा प्रकाशित | 330 views

काठमाडौँ । काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा आज बुधवारदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजदेखि अनलाइनबाटै फाराम भर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेस गर्न सकिने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विवरण पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web