राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित

असार २८, २०७९ मा प्रकाशित | 364 views

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताए ।

तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न यो विधेयक ल्याइएको जनाउँदै गृहमन्त्री खाणले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यस्ता पदार्थ दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web