कर्णालीको बजेट बहुमतले पारित

असार २७, २०७९ मा प्रकाशित | 316 views

सुर्खेत । कर्णाली प्रदेशको आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ ।
आज साेमवार बसेको प्रदेश सभाको २३ औँ बैठकले आउँदाे आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक विधेयक २०७९/०८० पनि बहुमतले पारित भएको छ ।

प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारले चालुतर्फ नौ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख र पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web