२ सय ७० किलो गाँजा बोकेको ट्रकसहित २ जना पक्राउ

असार २३, २०७९ मा प्रकाशित | 403 views

पर्सा । पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको परवानीपुर सडकमा गाँजा बोकेको यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रक र बिहारका विजेशकुमार यादव र बिहारकै धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएको थियो ।

पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web