पेनाङसँग एनआरटी ५–० गोलले पराजित

असार १९, २०७९ मा प्रकाशित | 478 views

काठमाडौँ । टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ ।

मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० गोलले पराजित भएको हो । पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो । पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे । यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोलले पराजित भएको थियो ।

नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web