त्रिशूली । नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं. २ कविलासको मिलडाँडामा खाली रहेको क्षेत्रमा आज शनिबार वृक्षारोपण गरिएको छ ।
स्थानीयस्तरमा सञ्चालनमा रहेको ‘समाज सक्रियता युवा क्लब’को आयोजनामा डिभिजन वन कार्यालय नुवाकोट मार्फत उपलब्ध गराइएको एकहजार ५०० वटा विरुवाको वृक्षारोपण गरिएको हो ।
क्लबका अध्यक्ष संगम मगरातीको अनुसार वातावरण तथा जैविक विविधताको संरक्षण, प्राकृतिक प्रकोपको न्यूनिकरण एंव भूक्षय लगायतका विपद्को जोखिमबाट सुरक्षित बनाएर खाली जग्गामा हरियाली बनाउने उद्देष्यले विभिन्न जातका विरुवा रोपिएको हो ।
यसअघि खाली रहेको सार्वजनिक जग्गामा बढेको अधिग्रहण रोक्नको लागी समेत बृक्षरोपण कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
खाली रहेको जग्गामा स्थानीयबासीको श्रमदानबाट सिसौ, धुपी, सल्ला, टाकी लगायतका रुख, घाँस र फलफूल जातका विरुवा रोकिएको र त्यसको संरक्षणको लागी समेत दीगो रुपमा योजना बनाइएको क्लबका अध्यक्ष संगम मगरातीले जानकारी दिनुभएको छ ।
तस्वीर सौजन्य : समाज सक्रियता युवा क्लबका अध्यक्ष संगम मगराती




23.12¡ÆC