१६ असार, काठमाडौं ।
नाकाबन्दी देखी सरकारको बिरोध गर्न अनेक बहाना र निहुँ खोजिरहेको नेपाली काँग्रेसले अहिले आएर मन्त्रीहरुको व्यवहार चित्त नबुझेको भन्दै संसदमा रडाँको मच्चाउन थालेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको सपथ खाएका मन्त्रीहरु नै संविधान विपरित हिडेको भन्दै यसबारे सरकारको जवाफ मागेको छ ।

आजको व्यवस्थापिका संसद बैठकमा कांग्रेसका सांसदहरुले मन्त्रीहरुले संविधान बिपरित मनपरि बोल्दै हिड्दा पनि सरकार मुकदर्शक भएर बस्नुको कारणबारे सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका हुन् ।

बैठकमा कांग्रेस संसदीय दलका सचेतक इश्वरी न्यौपानेले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधान विपरित गणतन्त्र र संघीयताको विरोधमा गतिविधि गर्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।

उपप्रधानमन्त्री द्वयका गतिविधिमा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै उहाँले त्यसको कारण स्पष्ट पार्न ध्यानाकर्षण गराउनुभयो ।

यसअघि भूकम्प पीडितहरुको राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको भन्दै कांग्रेसले मागेको जवाफ प्रधानमन्त्री ओलीले हिजो दिनुभएपछि काँग्रेसले सरकारको बिरोध गर्न नयाँ बहाना झिकेको हो ।

28.12¡ÆC