पोखराको सुइँखेत डुबानमा

असार ११, २०७९ मा प्रकाशित | 386 views

कास्की । पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ ।

नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । ‘डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेकाे छ’ उहाँले भन्नुभयाे ।

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएकाे र अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार पोखरा-१६ अमलामा भने एउटा घर बगाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web