लाङटाङका कृषकलाई नुन र त्रिपाल वितरण

असार ९, २०७९ मा प्रकाशित | 415 views

काठमाडौँ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ ।

दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताउनुभयो ।

दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उहाँको भनाइ छ ।

‘चौरीलाई दिनका लागि नुन पनि नभइ नहुने कुरा हो’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’ उहाँका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web