बैँकको कर्मचारी हुँ भन्दै सुन ठगी गरेर एक पुरुष फरार

असार ९, २०७९ मा प्रकाशित | 508 views

नुवाकोट । बैकको कर्मचारी हुँ भन्दै सुन पसलमा सुन ठगी गरेर बसन्त उपाध्याय नाम गरेको एक जना पुरुष फरार भएका छन् ।

नुवाकोटको बिदुर नगरपालिका वडा नं १ त्रिशुली बजार स्थित श्री महालक्ष्मी सुनचादी पसलमा आफु सानिमा बैक धादिङको मलेखु शाखामा कार्यरत कर्मचारी रहेको र श्रीमतीलाई उपहार दिनको लागी सुनको औठी खरिद गर्न आएको बताउदै औठी खरिद गरी ती ब्यक्तिले ५० हजार रुपैयाको चेक दिएकोमा बैँकको खातामा पैसा नै नभएको पाईएको सुन ब्यबसायी रमेश सुनारले बताउनुभएको छ ।

जेठ २६ गते सुन लिएर फरार भएका ब्यक्तिको मोवाइल नम्बरमा पटक पटक फोन गर्दा पनि सम्पर्कमा नआएपछि केही दिनअघि सामाजिक सञ्जालमा त्यही बसन्त उपाध्याय भनिने ब्यक्तिले नै गोर्खा, तनहुँ, लमजुङ, पोखरा, धादिङ लगायत जिल्लाका सुन पसलमा सुन ठगी गरेर फरार भएको सुचना देखेपछि आफु पनि ठगिएको थाहा पाएको सुन ब्यबसायी रमेश सुनारले बताउनुभएको छ ।

कालो टिसर्ट र पाईन्ट सहित हातमा सुनको औठी र गलामा सिक्री लगाएका हेर्दा भलाद्मी देखिने उक्त ठगसँग सबैजना सचेत रहनको लागी आग्रह गर्दै सुन ब्यबसायी रमेश सुनारले आफ्नो पसलको सिसिटिभी क्यामेरामा कैद गरिएको फोटो र भिडीयोमा भएको ठग देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्नको लागी अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web