प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने

असार ७, २०७९ मा प्रकाशित | 307 views

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित आसपासमा क्षेत्रमा गएराति ठूलो पानी नपरे पनि अन्य क्षेत्रमा भने ठूलो पानी परेको छ।

विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ ।

आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रदेश-१ को एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाे छ । बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web